असार , ३० नेपालगन्ज । बाँकेको कोहलपुरबाट २ लाख ५० हजार नगदसहित ५ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार कोहलपुर नगरपालिका–११ बसपार्क नजिकैको टोल बहादुर हमालको घरमा जुवा खेलिरहेको अवस्थामा ५ जना जुवाडेसहित २ लाख ५० हजार नगद रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।
घर धनी टोल बहादुर हमाल, बडैयाताल गाँउपालिका–२ का रमेश गिरी, कोहलपुर नगरपालिका–११ का भीम बहादुर शाही, बैजनाथ गाउँपालिका–१ का टंक बहादुर रोकाय र राप्तिसोनारी गाउँपालिका वडा नं. १ का चक्र प्रकाश रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरुलाई जुवा ऐन अन्र्तगत मुद्दा चलाउने तयारी भएको बाँके प्रहरी प्रबक्ता सुबास खड्काले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।