तनहुँका दुई ठाँउमा पहिराे : १ जनाको मुत्यु, एकै परिवारका ५ जना बेपत्ता !

image
सोमबार, आषाढ २९ २०७७

असार , २९ दमौली। तनहुँका दुई ठाँउमा पहिराे जाँदा एक जनाको मुत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।

जिल्लाको म्याग्दे गाँउपालिका- ७ मा पहिरोले घर भत्किँदा १५ वर्षीय लक्ष्मी विकको उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । घरमाथिबाट आएको पहिरोले घर भत्कँदा उनकाे मुत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै ऋषिङ गाँउपालिका- ८ भैसिकिलिमा गएराति आएको पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजना बेपत्ता भएका छन् । गएरातिदेखि परेको वर्षाले अनबहादुर थापाको घरमा आएको पहिरोमा थापाका दुई छोरा, दुई बुहारी र एक नातिनी बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

बेपत्ता हुनेमा थापाको जेठो छोरा ३० वर्षिय भेषराज थापा, बुहारी ३० वर्षीया नानुमाया थापा, नातिनी ५ वर्षीया अभिषा थापा, कान्छो छोरा २२ वर्षीय महादेव थापा, बुहारी १९ वर्षीया मनिसरा थापा रहेको प्रहरीले जनाएको छ । साथै ६० वर्षीया ज्योतिमाया घाईते भएकी छिन् ।