असार,१९ काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाएको छ ।
अब क्याक्सर र डाइबिटिजका विरामी, इमर्जेन्सी र आईसीयूमा भर्ना भएका बिरामी र पकेट एरियामा बस्नेहरुको परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्यकर्मीहरुको पनि परीक्षण हुने उनले बताए ।