सुकुम्बासी वस्तीमा पस्यो बाग्मतीको बाढी

image
सोमबार, श्रावण ५ २०७७

असार,५   काठमाडौं । दिनभरको वर्षाका कारण काठमाडौं उपत्यकाका खोला नदीहरुमा पानीको सतह बढेको छ । वागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको वहाव बढ्दा खोला छेउका वस्ती डुवानमा परेको छ ।

वागमतीमा आएको बाढीका कारण थापाथलीमा सुकुम्बासी वस्ती डुवानमा परेको छ । भक्तपुरमा पनि हमुमन्ते खोलाले किनारका बस्ती डुबाएको छ । जलसतह बढेर खोला तथा नदी किनारका सडकहरु पनि डुवानमा परेका छन् ।

वागमती नदीले डुवानमा परेको थापाथलीको सुकुम्बासी वस्तीको तस्वीरहरू