बाजुराको ताप्रिसेरा पक्की पुल बाढीले बगायो

image
सोमबार, श्रावण ५ २०७७

साउन,५   कैलाली । बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ ।

पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा बन्द भएको छ ।साफे–मार्तडी सडकखण्ड अन्तरगत ओमकोटमा पनि पहिरोको कारण करिब दुई सातादेखि यातायात अबरुद्ध भएको छ ।जिल्लाका ग्रामिण सडकहरुमा पनि पहिरोले क्षति पुगेको छ ।