असार , २८ भोजपुर । पहिरोका कारण षडानन्द नगरपालिका–४ दिङलाबजारका ५ परिवार विस्थापित भएका छन् ।शनिबार राति खसेको पहिरोका कारण घरहरु जोखिममा परेपछि पाँच परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
पुरुवा माटोमा बनेका उक्त घरहरु लगातारको बर्षातले क्षति पुगेको इलाका प्रहरी कार्यालय दिङलाका प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी गराए ।
उनका अनुसार उक्त परिवारलाई स्थानीय सुबास तामाङको घरमा राखिएको छ । त्यस्तै षडानन्द नगरपालिका–७, केउरेनीपानीमा रुखले किचेर स्थानीय धर्मराज चौहानको घर पूर्ण रुपमा क्षति भएको छ ।