भदौ, १४ वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिने शिशुदेखि ९७ वर्ष उमेर समूहका ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये ४७ जना पर्साका, ३० जना बाराका तथा मोरङ र काठमाडौंका–१/१ जना छन् । पर्साको पोखरियामा मात्रै १२ जनामा संक्रमण देखिएको छ भने बाँकी वीरगञ्ज महानगरपालिकाका संक्रमित छन् ।
बाराको विश्रामपुर गाउँपालिकाका ३ जना, महागढीमाई नगरपालिकाका २ जना, जीतपुर सिमरा उपमहानगरपालिकाका–२ जना र कलैया उपमहानगरपालिकाका विभिन्न वडामा संक्रमित भेटिएका छन् । संक्रमितमध्ये २ जनाको उमेर खुलाइएको छैन ।
पर्सामा यसअघि ४ सय ६३ जना महिलासहित २ हजार १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ६ सय ४७ जना कोरोनामुक्त भई घर फर्किएका छन् । शनिबार मात्रै ६१ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।३६ जना महिलासहित १ सय ४ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् । १ सय ९९ जना महिलासहित ९ सय ३१ जना होम आइसोलेसनमा छन् ।हालसम्म १९ हजार ४ सय ३८ स्वाब नमुना संकलन गरिएकोमा २ सय ४० वटाको रिपोर्ट आउन बाँकी छ।