धरानमा कोरोनाबाट एक पुरूषको मृत्यु

image
शनिबार, भाद्र ६ २०७७

भदौ, ६ धरान । धरान उपमहानगरपालिका-१५ निवासी ६७ वर्षीय पुरूषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् उनको शनिबार मध्यान्ह सवा १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।

उच्च रक्तचापको समेत समस्या रहेका उनलाई गत साउन २७ गते क्वारेन्टिनबाट अस्पताल भर्ना गरिएको थियो।उनमा ज्वरो, खोकी र सास फर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको हो।सोही दिन उनको पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भयो।उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी रहेको अस्पतालले जनाएको छ।