चिकित्सकमा कोरोना देखिएपछि सुर्खेतको प्रदेश अस्पताल सिल

image
बिहीबार, भाद्र ११ २०७७

भदौ, ११ कर्णाली । कर्णाली प्रदेश सुर्खेतमा कार्यरत चिकित्सकमा तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सुर्खेतको प्रदेश अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत सातजना चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट आउन बाँकी रहेकोले थप संक्रमण फैलिन नदिन अस्पतालको आकस्मिक बाहेकका सवै सेवा अनिश्चिततकालका लागि बन्द गरिएको अस्पतालका निर्देशक डा डम्बर खड्काले बताए ।

 

संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखेर उपचार थालिएको छ । कर्णालीमा पछिल्लो समयमा कोरोना समुदाय स्तरमा पनि भेटिन थालेको छ ।अस्पतालले जारी गरेको प्रेस विज्ञप्ती ।