साउन , २२ काठमाडौं । सरकारले आजबाट पुनः सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । गृह मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने जानकारी दिएको हो।गृह मन्त्रालयको निर्णय अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोर गतेका दिन जोर नम्बर भएका सवारी गुड्ने छन् । त्यस्तै बिजोर गतेका दिन बिजोर नम्बर प्लेट सवारी। यस नियम अनुसार आज जोर नम्बर प्लेट भएका सवारी सडकमा देखिएका छन् ।
झन्डै आधा सवारी साधनको सङ्ख्या कम हुँदा काठमाडौंको उपत्यकाभित्रका सडक खाली खाली देखिएका छ । सामान्य दिनमा १० लाख सवारी साधन उपत्यकाभित्र गुड्ने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ ।२ सय कोरोना संक्रमित भएका सबै जिल्लाहरुमा यो नियम लागू हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले नियम पालना नगर्ने सवारी चालकलाई कारबाही गर्ने बताए। सरकारले असार २६ गतेदेखि जोरबिजोर प्रणाली हटाएको थियो ।