चट्याङ लाग्दा कैलालीमा १ को मृत्यु, २ जना घाइते

image
मङ्गलबार, भाद्र ९ २०७७

भदौ, ९  काठमाडौं । चट्याङ लागेर  बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको छ।चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा  मृत्यु भएको जानकारी इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले दिएका छन्।

उनका अनुसार सोही ठाउँका २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही चट्याङ लाग्दा घाइते भएका छन। घाइते दुवैको निःसर्ग अस्पतालमा उपचार भइरहेको छ।घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जना मोबाइल चलाउँदै गर्दा राति ८ बजेर २५ मिनेट जाँदा चट्याङ लागेको बताइएको छ।