भदौ,१३ बिराटनगर । जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका फेरी अर्का एक युवकको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का २६ वर्षीय फूर्वासिंह तामाङको शनिबार मृत्यु भएको हो ।
फूर्वासिंह चोरी मुद्दामा २०७६ साल फागुन २२ गते जिल्ला अदालत मोराङको आदेशबाट थुनामा थिए । उनलाई श्वासप्रश्वसमा समस्य आएपछि बिहान ९ बजेतिर कोशी अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको कारागारका सुवास लामिछानेले बताए । लामिछानेले भने सुरुमा अस्पताल लैजांदा चिकित्सकले कोरोनाको आशंकामा तत्काल उपचार गर्न मान्नूभएन,हामिले फोन गरेपछि उपचार सूरु भएको थियो ।
तर पछि उनको मृत्यु भयो । परिवरको सदस्यले भने, घटना शंकास्पद भन्दै पोष्टमार्टम गर्नुपर्ने बताएका छन् । आफन्तको इच्छा अनुसार शव पोष्टमार्टम गरीने उनले बताए । पोष्टमार्टम रिपोटमा शंकास्पद देखिए थप छानविन हुने उनले बताए ।
बुधबार कारागारमै कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–४ घर भएका २६ वर्षीय निराजन यादवको मृत्यु भएको थियो ।