भदौ,१२ झापा । अस्पतालबाटै संक्रमण भएको आशंका गरिएका कमल गाउँपालिका वडा नं. ३ केर्खाका एक वृद्धको आज उपचारको क्रममा मृत्यु भएको छ ।मृतक ८३ वर्षीय थिए । आज विहान ४ बजे उनको मृत्यु भएको थियो ।यो समेत गरेर झापामा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि दमकका एक वृद्धको काठमाडौमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
कमल गाउँपालिककी अध्यक्ष मेनुका काफ्लेका अनुसार ती वृद्धलाई संक्रमण पुष्टि भएपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो ।मृतकको नातिनीमा पनि कोरोना संक्रमण देखिएका कारण मेची अस्पतालमा उपचार भइरहेको छ ।नातिनीसँग ती वृद्ध केही दिन अघि स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका थिए । दुबैलाई अस्पतालबाटै संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।