चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि

image
सोमबार, भाद्र ८ २०७७

भदौ,८ चितवन । चितवनमा पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ७ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको डा. नीतु अधिकारीले जानकारी दिइन् ।

संक्रमितहरु सबै भरतपुर महानगरपालिकाका हुन् । महानगरपालिकाका वडा नं., ७, ९, १०, ११ र १२ मा संक्रमितहरु फेला परेका हुन्।यो विवरण आइतबार राति १० बजेसम्मको रहेको प्रयोगशालाले जनाएको छ ।भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा आइतबार २०९ नमुना परीक्षण गरिएको थियो ।