त्रिवि शिक्षण असप्तालमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

image
शुक्रबार​, भाद्र १२ २०७७

भदौ,१२ काठमाडौं । त्रिवि शिक्षण असप्तालमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको गत ९ गते मृत्यु भएको थियो ।

उनलाई ९ गते नै त्रियुगाबाट शिक्षण अस्पतालमा ल्याइएको थियो । सोही दिन स्वाब झिकेर उपचार थालिएकोमा बिहीबार राति मात्रै रिपोर्ट आएको हो ।निमोनियाको समस्या भएका उनलाई अस्पताल ल्याइएको बताइएको छ ।