झापामा सशस्त्र प्रहरीको गोली लागेर १ जनाको मृत्यु

image
बुधबार, भाद्र १० २०७७

भदौ,१० झापा । झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो ।प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालले बताए ।

गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।२ सय भन्दा बढीको भीडले प्रहरीलाई आक्रमण गरेको भन्दै सशस्त्र प्रहरीले हवाई फायर गरेको जनाएको थियो । तर गोली लागेर एक जनाको मृत्यु भएको हो ।