कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा एकजनाको मृत्यु

image
शुक्रबार​, भाद्र १२ २०७७

भदौ, १२ काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट रुपन्देहीमा एकजनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-४ का ६० वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भदौ ७ मा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । भेल्टिलेटरमा उपचाररत उनको विहान २ः३० बजे निधन भएको अस्पतालले जनाएको छ ।