उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

image
शुक्रबार​, भाद्र १२ २०७७

भदौ, १२ काठमाडौं ।उद्योगीपती विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। चौधरीले सामाजिक सञ्जाल ट्वीटरमा आफू संक्रमित भएको जानकारी दिएका हुन्। संक्रमित भए पनि कोरोनाको कुनै लक्षण नदेखिएको उनले बताएका छन्।

शुक्रबार मध्यान्ह चौधरीले सामाजिक सञ्जालमा ट्वीट गर्दै आफू आज बिहान परीक्षण गराएकोमा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेका छन् । कोरोना संक्रमण भएतापनि उनमा कोरोनाका केही लक्षण देखिएको छैन ।

चिकित्सकको सुझाबमा आफू अलग्गिएको जानकारी गराउँदै उद्योगपति चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सम्भाबित साबधानी अपनाउन आग्रह गरेका छन् ।चौधरी नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य समेत हुन् । यसअघि सांसदहरु प्रदिप यादव, यज्ञबहादुर बोगटी, डाक्टर सुर्यनारायण यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।