भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ हजार नाघ्यो

image
मङ्गलबार, भाद्र ९ २०७७

भदौ,९ काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५८ हजार नाघेको छ ।भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ५८ हजार ३९० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ८४८ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमित हुनेको संख्या ३१ लाख ६७ हजार ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ६० हजार ९७५ नयाँ संक्रमित फेला परेका हुन् ।अहिले भारतमा सात लाख चार हजार ३४८ कोरोना भाइरसका संक्रमित निको हुन बाँकी छन् भने २४ लाख चार हजार ५८५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।भारतमा पछिल्लो २४ घण्टामा नौ लाख २५ हजार ३८३ नमुनाको कोरोना भाइरसको परीक्षण गरिएको थियो ।

स्रोतः एएनआई