राजधानीमा सफा ट्याम्पो चालकलाई कोरोना देखियो

image
आइतबार​, श्रावण १८ २०७७

 साउन , १८ काठमाडौं उपत्यकामा सफा ट्याम्पो चलाउने एकजना चालकलाई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ल्याबमा गरिएको परीक्षणमा एकजना पुरुष ट्याम्पो चालकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।उपत्यका बाहिरबाट आएका ४८ वर्षीय ती चालकले उपत्यका छिर्नुअघि नागढुंगा नाकामा स्वाब दिएपछि तीन दिन ट्याम्पो चलाएको खुलेको छ।

संक्रमण पुष्टि भएपछि ट्याम्पो चलाउँदै गरेका चालकलाई अस्पताल लगेर आइसोलेसनमा राखिएको छ । उनले चलाउने ट्याम्पोको नम्बर भने सार्वजनिक गरिएको छैन । नम्बर सार्वजनिक गरेको भए उक्त ट्याम्पोमा यात्रा गरेका यात्रुहरुले पनि कोरोना परिक्षण गराउने थिए ।