काठमाडौं उपत्यकामा थप १८६ जना संंक्रमित हुदा काठमाडौं जिल्लामा कति थपिए ?

image
शनिबार, भाद्र १३ २०७७

१३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८६ जना संंक्रमित थपिएका छन् । काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।