अभिताभ बच्चनले कोरोनालाई जिते, अभिषेक अस्पतालमा

image
आइतबार​, श्रावण १८ २०७७

 साउन, १८ काठमाडौं । ७७ बर्षीय बलिउड महानायक अमिताभ बच्चनले कोरोना संक्रमणलाई जितेका छन्।कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना परिक्षण गर्दा तीनपटकसम्म नतिजा नेगेटिभ आएपछि डिस्चार्ज गर्ने गरिन्छ ।कोरोनाबाट निको भएपछि अभिनेता बच्चनले उपचारमा संलग्न चिकित्सक एवं शुभेच्छुक सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।पिसिआर रिपोर्ट नेगेटिभ आएकोबारे अभिनेता बच्चनले सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी दिएका छन्।