महोत्तरीकी ४ बर्षीया बालिकाको कारोना संक्रमणका  कारण मृत्यु

image
सोमबार, भाद्र १५ २०७७

भदौ,१५ जनकपुरधाम । महोत्तरीको मनरा सिस्वा गाउँपालिकाकी ४ बर्षीया बालिकाको कारोना संक्रमणका  कारण मृत्यु भएको छ।

उच्च ज्वरो र सास फेर्न समस्या भएपछि बालिकालाई तीन साताअघि  धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । गत २३ साउनमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।उनलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा भदौ १४ गते आइतबार दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।