संघीय संसद सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि

image
बुधबार, भाद्र ३ २०७७

भदौ,३ काठमाडौं । संघीय संसद सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अछाम- २ बाट निर्वाचित बोगटीले  आफूलाई कोरोना संक्रमण भएको बताए ।

ललितपुरमा उनी बस्ने टोलका एक जनालाई कोरोना संक्रमण भएपछि साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिएका थिए ।त्यसको पहिलो रिपोर्ट साउन ३२ गते आएको थियो, त्यतिबेला रिपोर्ट नेगेटिभ आएको थियो, तर भदौ २ गते अर्को रिपोर्ट आउँदा पोजेटिभ आएको बोगटीले बताए ।

कोरोना भाइरस भएको पुष्टि भएपछि उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् ।बोगटी साउन १७ गते अछामबाट फर्किएका थिए । उनका अनुसार साउन २५ गतेसम्म सिंहदरबारमा संसदीय समितिको बैठकहरुमा गइरहेका थिए ।