चितवनमा कोरोना संक्रमित पुरुषको उपचारकाे क्रममा मृत्यु

image
आइतबार​, भाद्र १४ २०७७

भदौ,१४ चितवन । चितवनको चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५२ बर्षका पुरुषको उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु  भएको हो ।

उनी निमोनियाका बिरामी थिए । भदौ ४ गते अस्पतालमा भर्ना भएका उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण बढ्दै गएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको आइतबार मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।अस्पतालमा अहिले ५ जना कोरोना स‌ंक्रमित भेन्टिलेटरमा उपचाररत छन् । चितवनमा मृत्यु  हुने कोरोना संक्रमितको संख्या योसहित १० पुगेको छ । जसमा चितवनका ५ जना, मकवानपुरका ३, गोरखा र कैलालीका एक/ एक जना छन् ।