कोटेश्वर ट्राफिक प्रहरीका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

image
शनिबार, भाद्र १३ २०७७

भदौ,१३ काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी प्रभावका १९ जनामा कोरोना भाइरस (कोभिड-१९) केा संक्रमण पुष्टि भएको छ ।

प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब दिएका थिए । दुबैमा संक्रमण पुष्टि भएपछि कट्याक ट्रेसिङका क्रममा बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको थियो ।उनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ ।हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको छ ।