भदौ, १२ काठमाडौं ।भाटेभटेनी सुपरमार्केटले बजारमुल्य भन्दा सस्तो मुल्यमा खसीको मासु बेच्न थालेको छ ।बजारमा खसीको मासु प्रतिकेजी १३ सय रुपैयाँमा बिक्री भइरहेका बेलामा भाटभटेनी सुपरमार्केटले भने प्रतिकेजी ८५० रुपैयाँमै बिक्री गर्न थालेको छ ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बजारमा बिचौलियाका कारण खसीको मासुको मूल्य महंगो भएको भन्दै आफूहरुले सस्तो मूल्यमा बिक्री गरिरहेको जानकारी दिए ।गुरुङका अनुसार भाटभटेनीले नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै मार्जिन राखेर मात्रै बिक्री गरिरहेको छ ।
गत साउन ९ गते म्याद नाघेको बेली ब्राण्डको पानी बिक्री गरेपछि भाटभटेनी सुपरमार्केटलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना तिराएको थियो ।त्यस्तै भदौ २ गते काठमाडौँ वडा नम्बर ३१, भीमसेनगोलामा रहेको बीएण्डबी मिटमार्टले २२ बोरा मरेका कुखुरा बिक्री गर्न लुकाएर राखेको भेटिएको थियो ।