भदौ, १ काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समयमै किसानलाई मल उपलब्ध गराउन नसकेकोमा आत्मालोचना गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले समयमै किसानलाई मल उपलब्ध गराउन नसक्दा मन्त्रालय दुःखी भएको उल्लेख गरेका छन् ।‘जे सुकै कारणले होस् युरिया मलको अभावले गर्दा किसानले भोग्नु परेको असुविधाप्रति मन्त्रालय परिवार दुःखी छ, सचिव भारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मल अभाव हने आकलनकासाथ समयमै मन्त्रालयले बजेट निकासा गरेर काम अघि बढाए पनि कोरोनाको विषम परिस्थीतिका कारण समस्या भएको विज्ञप्तिमा जनाइएको छ ।३२ हजार १९० मेटि्रक टन मल कलकत्ता बन्दरगाहबाट नेपालतर्फ ढुवानी सुरु भएको भन्दै मन्त्रालयले एक सातापछि नेपालमा मल आउन थाल्ने दाबी गरेको छ ।