आज गायक प्रकाश सपूतको जन्मदिन

image
सोमबार, भाद्र २९ २०७७

लोकप्रिय गायक प्रकाश सपूतको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा गायक सपूतलाई आफन्त शुभचिन्तक तथा फ्यानहरुले बिहानैदेखि शुभकामना ब्यक्त गरिरहेका छन् । बहुआयामिक प्रतिभाका धनी कलाकार सपूतको जन्म बाग्लुङ्गमा भएको हो ।

बाल्यकालदेखि नै गायनमा औधी रुची राख्ने सपूत कुनै चल्तिका नायक भन्दा कम छैनन । आफ्नो र अन्य कलाकारको गीतमा समेत अभिनय गर्दै आएका सपूतका बोल माया, गलबन्दी, दोहोरी ब्याटक, लगायतका गीतहरु चर्चित छन् ।

मौलिक र फरक पन दिन सफल गायक सपूतले गायनमा सफलता हात पारेसँगै चलचित्रमा पनि काम गर्न सुरु गरेका छन् । गायक तथा नायक सपूतलाई ओएस नेपालका तर्फबाट पनि जन्मदिनको लाखौँ लाख शुभकामना ।