विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

image
सोमबार, भाद्र २२ २०७७

भदौ, २२  विराटनगर । काेशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३:१५ बजे मृत्यु भएको हो ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार भदौ ११ गने संक्रमण पुष्टि भएका वृद्ध १० दिन होम आइसोलेसनमा बसेपछि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

उच्च रक्तचापको समस्याबाट ग्रसित मृतक बृद्ध गत शनिबार कोभिड उपचार केन्द्रमा भर्ना गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए ।प्रदेश १ मा हालसम्म ४२ जनाको मृत्यु भईसकेको छ । जसमध्ये प्रदेश २ का १२ जना रहेका छन् । विराटनगरका १५ जनाले ज्यान गुमाइसकेका छन् ।