असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने

image
सोमबार, भाद्र २९ २०७७

भदौ, २९ काठमाडौं । असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

‘स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले भने, ‘यसबारेमा थप प्रष्ट्याउने काम हुन्छ होला। अहिलेलाई खुलाउने भन्ने भएको छ।’

सरकारले यसअगाडी भदौ १ गतेदेखि खुला गर्ने भएको सार्वजनिक यातायात र आन्तरिक हवाई उडान कोरोना संक्रमणको कारण रोकिएको थियो । दशैं तिहार जस्ता चाडवाड नजिकिएको कारणले गर्दा सरकारले सार्वजनिक यातायात र आन्तरिक उडान सुचारु गरेको बुझिएको छ ।