२१ दिनपछि डा. भोला रिजाल दम्पती कोरोनामुक्त

image
आइतबार​, आश्वीन ४ २०७७

असोज,४ काठमाडौं । वरिष्ठ स्त्री रोग तथा प्रसुति विशेषज्ञ डा. भोला रिजाल कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी आज नै अस्पतालबाट डिस्चार्ज भएका हुन् ।उनी र र उनकी पत्नी आज नै अस्पतालबाट डिस्चार्ज भएका हुन् । डाक्टर रिजाल दम्पती २१ दिनको अस्पताल बसाइपछि आज घर फर्किएका हुन् ।

दुवै जनााई गएको भदौ १५ गते कोरोनाभाइरसको संक्रमण देखिएको थियो । कोरोना संक्रमित भएपछि रिजाल ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा रहेका उनलाई कोरोनाको कुनै लक्षण देखिएको थिएन ।