टेकु अस्पतालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

image
शनिबार, भाद्र २० २०७७

भदौ, २० काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अ‍स्पताल टेकुमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ।काठमाडौंकी ८२ वर्षीया महिलाको बिहीबार मृत्यु भएको हो। अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो पटक हो।अस्पतालका निर्देशक डा सागर राजभण्डारीले ती महिलाको मिर्गौला फेल, उच्च रक्तचापलगायत ५ रोगले समेत पीडित भएको बताए।

स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १९ गतेसम्म देशभर २ सय ७१ जना कोरोना संक्रमितको निधन भएको छ। पछिल्लो २४ घन्टामा मात्र १४ देशका विभिन्न स्थानमा १४ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ्गमा जानकारी दिए ।