बढी मूल्यमा प्याज विक्री गरेको अभियोगमा एक व्यवसायी पक्राउ

image
बुधबार, भाद्र ३१ २०७७

भदौ,३१ काठमाडौं । भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपालमा बढी मूल्यमा किनबेच हुन थालेको छ । यस्तो कार्यमा संलग्न भएको अभियोगमा बुधबार बल्खु बजारबाट एक जना व्यवसायी पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सुनिल केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो । टोलीले कानुनी कारबाहीका लागि केसीलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको जिम्मा लगाएको छ ।

https://www.youtube.com/watch?v=WSAzxqD1bug

उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ । अनुगमनका क्रममा वाणिज्य विभागले अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पूर्जी काटेको छ ।उनीहरुले एक सय ३० रुपैयाँ प्रतिकिलोमा प्यास विक्री गरेको पाइएको अनुगमन टोलीका एक सदस्यले अनलाइनखबरलाई बताए । सोमबारसम्म प्याजको मूल्य प्रति किलो ७६ रुपैयाँ थियो ।