असोज, ४ काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३२५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । नौ हजार ५८४ जनाको पीसीआर गर्दा एक हजार ३२५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल १७ हजार ४ सय ७८ जना सक्रिय संक्रमित छन्। शनिवार १२ सय ४ संक्रमित भेटिएका थिए।आज ९ सय ६६ संक्रमित डिस्चार्ज भएका छन्।
हालसम्म संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतवार कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४११ पुगेको छ।