भदौ,३१ काठमाडौं । बिरामी नर बहादुर पालुङ्वा र सन्तोष पालुङ्वा को बचाउ अभियान अन्तर्गत हामी सम्पुर्ण अभियानकर्मी र हाम्रो सस्था फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानको पहलमा आजको विषम परिस्थितिमा पनि सबैको हातेमालो बाट रु १५,४४,१०४ (पन्द्र लाख चवालीस हजार एकसय चार रुपैया )सहयोग सङ्कलन गर्न सफल भएका छौं।
र उक्त रकम हामी अभियान कर्मिको तर्फबाट कुनै पनि शिर्षकमा एकैरुपैया पनि खर्च नगरीकन बिरामीलाइहस्तान्तरण गरिएको छ।यस कार्यमा प्रतक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने अभियन्ता दाजुभाइ तथा दिदिबहिनी शुभेच्छुक इष्टमित्रहरू सम्पूर्ण मा हाम्रो सस्थाको तर्फबाट र मेरो ब्याक्तिगत तर्फबाट पनि उच्च सम्मान का साथ मुरि मुरि धन्यवाद र बिरामीको सफल उपचार भै सिघ्र स्वास्थ लाभको कामना गर्दछु भनि फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानका सचिव महेन्द्र पालुङ्वा ले भन्नुभयो
(भिडियाे सहित )