एकैदिन १४ सय भन्दा बढी कोरोना संक्रमण पुष्टि

image
मङ्गलबार, भाद्र ३० २०७७

भदौ,३० काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।