भदौ,२६ चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक शुक्रबार बिहान करिब ८ बजेतिर झरेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
अहिले सडक खुलाउन प्रयास भैरहेको जिल्लाका प्रहरी प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।