चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

image
बिहीबार, भाद्र २५ २०७७

भदौ, २५ चितवन । चितवन मेडिकल कलेज भरतपुरमा चितवनका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु  भएको छ ।

भरतपुर महानगरपालिका वडा नं.११ का कोरोना संक्रमित ६२ बर्षका पुरूषको उपचारका क्रममा बिहीबार दिउँसो १२:२० मा मृत्यु भएको कलेजले जानकारी दिएको छ ।कडा निमोनियाबाट पीडित उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।