वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

image
शनिबार, भाद्र २० २०७७

भदौ,२० वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका- १० का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नारायणी बयोधा अस्पतालबाट थप उपचारका लागि शुक्रबार काठमाडौं रिफर गरिएको क्रममा बाटैमा मध्यरातमा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।भदौ १७ गते संकलन गरिएको स्वाब नमुनाको पीसीआर परीक्षणका क्रममा भदौ १८ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७ पुगेको छ । साउन यतामा मात्रै ५२ जनाको मृत्यु भएको छ । मृत्यु भएका ५७ जनामध्ये पर्साका ४१ जना, बाराका १२ जना र रौतहटका ४ जना छन् ।पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन ।