विश्वभर संक्रमित ३ करोड नाघ्यो भारतमा तिब्र गतिमा बृद्धि हुँदै

image
शुक्रबार​, आश्वीन २ २०७७

असोज, २ एजेन्सी ।  विश्वभर कोरोना भाइरस संक्रमण हुनेको संख्या ३ करोड नाघेको छ ।नेपाली समयअनुसार सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार विश्वभर ३ करोड ३ लाख ७३ हजार ८ सय ५६ कोरोना संक्रमित भएका छन् जसमध्ये ९ लाख ५० हजार ९ सय ६६ जनाको निधन भएको ५ भने २ करोड २० लाख ५८ हजार ९३ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।

शुक्रबारसम्म विश्वभर ७३ लाख ६४ हजार ७ सय ९७ सक्रिय संक्रमित रहेका छन् जसमध्ये ६१ हजार १ सय ४० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

पछिल्लो २४ घन्टामा मात्रै ३ लाख १४ हजार ७ सय ३२ नयाँ कोरोना संक्रमित भेटिएका छन् जसमध्ये छिमेकी मुलुक भारतमा मात्रै ९६ हजार भन्दा बढी संक्रमित फेला परेका हुन् ।

भारतमा तिब्र गतिमा फैलिँदै कोरोना

१ हप्तादेखि लगातार ९० हजार भन्दा बढी संक्रमित फेला पर्न थालेको भारत कोरोनाभाइरस संक्रमित संख्याको आधारमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

यही अनुपातमा भारतमा संक्रमित फेला पर्दै जाने हो भने अबको १५ दिनमा भारत शीर्ष स्थानमा आउने आंकलन गरिन थालिएको छ ।

पहिलो स्थानमा रहेको अमेरिकामा ६८ लाख ७४ हजार भन्दा बढी संक्रमित फेला पर्दा भारतमा ५२ लाख १४ हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।

ब्राजिल, रसिया, पेरु, कोलम्विया, मेक्सिको, दक्षिण अफ्रिका, स्पेन र अर्जेन्टिना क्रमस तेस्रो चौथो हुँदै शीर्ष दश स्थानमा परेका छन्। ती देशहरुमा संक्रमितको संख्या क्रमस ४४ लाख ५७ हजार, १० लाख ९१ हजार, ७ लाख ५० हजार, ७ लाख ४३ हजार, ६ लाख ८४ हजार, ६ लाख २५ हजार र ६ लाख १ हजार रहेका छन् ।