थप १२ को निधन, काठमाडौं उपत्यकामा ३८८ सहित देशभर ११२० संक्रमित थपिए

image
बुधबार, भाद्र १७ २०७७

भदौ,१७ काठमाडौं । पछिल्लो २४ घण्टामा ११२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभर रहेका प्रयोगशालामा १२ हजार ८ सय ७९ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा ३८८ सहित देशभर १ हजार १ सय २० संक्रमित फेला परेका छन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।काठमाडौं उपत्यकामा भेटिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा ३५० जना भक्तपुरमा ९ र ललितपुरमा २९ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा १ हजार १ सय १२ जना कोरोनामुक्त भएका छन् योसँगै कोरोनामुक्त हुनेको संख्या २३ हजार २ सय ९० पुगेको प्रवक्ता गौतमले बताए ।थप १२ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको छ ।