थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३०६ पुग्यो

image
मङ्गलबार, भाद्र २३ २०७७

भदौ, २३ काठमाडौं ।  नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ६ पुगेको छ। ४ वटा जिल्लाका १ महिला र ५ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा ७०, पर्सामा ५४ र ६० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। 

पछिल्लो २४ घण्टामा काठमाडौंमा ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष, कपिलवस्तुरमा ६२ वर्षीय पुरुष गरी ६ जनाको मृत्यु भएको हो। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।