गौशालाका एक जना प्रहरी बलात्कार आरोपमा पक्राउ

image
सोमबार, भाद्र २२ २०७७

भदौ,२२ काठमाडौं । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला घर भइ महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंह छन् ।गौशालाका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले बताए अनुसार २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा सिंहलाई पक्राउ गरिएको हो ।

‘अहिले म्याद थप गर्न पठाएका छौं’, बस्नेतले भने । प्रहरी जवान सिंहले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गरेको पीडित युवतीको दाबी छ ।जाहेरी दर्ता भएपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण समेत गराएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ । तर, दुईबीचको सम्बन्धबारे विस्तृतमा खुलिसकेको छैन ।म्याद थप गरेपछि बयान लिने प्रहरी तयारी छ ।