एम्बुलेन्स त्रिशूलीमा खस्दा एक जनाको निधन चार घाइते

image
मङ्गलबार, भाद्र १६ २०७७

भदौ, १६ काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।मृत्यु हुनेमा सर्लाहीको वरहथवा–२ का १५ वर्षीय बादे रानामगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइते रानामगरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अन्य घाइतेको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।

काठमाडौँबाट बिरामी लिएर सर्लाही जानका लागि आउँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा चालकसहित एम्बुलेन्समा सवार सबै घाइते भएका छन् ।दुर्घटना बिहान ५:१५ बजे भएको थियो ।