असोज, ९ काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
उनलाई बिहीबार दिउँसो ज्वरो आएको थियो । सिटामोल खाँदा पनि ज्वरो कम नभएपछि उनले शुक्रबार बिहानै स्वाब दिएका थिए । महर्जनले अनलाइनखबरसँग भने, ‘केहीबेर अगाडि पोजेटिभ रिपोर्ट आयो । म होम आइसोलेसनमा बसेको छु ।’