धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

image
बिहीबार, भाद्र २५ २०७७

भदौ, २५ जनकपुरधाम । धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान मृत्यु भएका पुरुषमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लाको औरही गाउँपालिका वडा नम्बर १ निवासी ६० वर्षीय पुरुषको श्वास प्रश्वासमा समस्या देखिएपछि गत मंगलबार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बुधबार मृत्यु भएपछि स्वाब लिएर परीक्षण गरिएको थियो ।

परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।योसँगै धनुषामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १३ पुगेको छ ।