काठमाण्डौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिदा ,काठमाण्डौ जिल्लामा कति ?

image
शुक्रबार​, आश्वीन ९ २०७७

असोज,९ काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । काठमाडौंकी ७५ वर्षीया महिला र ललितपुरका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।