स्वाथ्यमन्त्रीको परिवारमै कोरोना संक्रमण , मन्‍त्री क्वारेन्टिनमा

image
आइतबार​, भाद्र २१ २०७७

भदौ, २१ काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ ।तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् । उनले  आफू क्वारेन्टिनमा बसेको पुष्टि गरे ।

‘मलाई संक्रमण भएको होइन, परिवारको सदस्यलाई संक्रमण भएपछि म क्वारेन्टिनमा बसेको हुँ’ मन्त्री ढकालले भने । क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको उनले बताए ।