बिपी प्रतिष्ठानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

image
सोमबार, आश्वीन ५ २०७७

असोज,५ काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापाकी ७२ वर्षिय महिला र सुनसरीकी ४९ वर्षिय महिलाको मृत्यु भएको अस्पतालमा  प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। मृत्यु हुनेमा  झापामा ७२ वर्षिय पुरुषको असोज ४  गते  राति ९.२० बजे मृत्यु भएको हो। 

उनी श्वास प्रश्वासमामा कठिन, छाती दुख्ने, शरीरमा कमजोरी र न्यूमोनियाको लक्षण भएर असोज ४ गते भर्ना भएकी थिइन्। उनको असोज ४ गते कोरोना पोजेटिभ आएको  थियो। त्यस्तै  सुनसरीकी ४९ वर्षिय महिलाको  असोज ५  गते  बिहान २  बजे मृत्यु भएको डा सापकोटाले जानकारी दिए । 

उनी उच्च रक्त चाप, मधुमेह, र मृगौलाको समस्या भइ अस्पतालको मेडिसिन वार्डमा भदौ ३० गते भर्ना भएकी थिईन । उनको असोज १ गते कोरोना पोजेटिभ पृष्टि भएको हो।